प्रधान सेनापतिद्वारा खेलाडीहरुलाई विदाई

१. आज मिति २०७३ असोज २१ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले जङ्गी अड्डामा आयोजित एक कार्यक्रमबिच पाकिस्तानको लाहोरमा मिति २०७३ कार्तिक ०२ गतेबाट ऐ. ०७ गतेसम्म (१८ देखि २३ अक्टोवर २०१६) सञ्चालन हुन गई रहेको अन्तराष्ट्रिय Physical Agility and Cambat Efficiency Systen (PACES) मा नेपाली सेनाको तर्फबाट अधिकृतको नेतृत्वमा सहभागी हुन जान लागेको २५ (पच्चिस) जनाको खेल टोलीलाई विदाई गर्नु भएको छ ।

२. प्रधान सेनापति श्री क्षत्रीले उक्त कार्यक्रममा शुभ–कामना मन्तव्य दिनुहुंदै पहिलो पटक हुन लागेको यस प्रतियोगितामा नेपाल र नेपाली सेनाको तर्फबाट प्रतिनिधित्व गर्न जान लागेकोमा उहाँहरुलाई बधाई तथा सफलताको कामना गर्नु भएको थियो । सो प्रतियोगितामा विभिन्न १६ राष्ट्रहरुको सहभागिता रहेको छ ।

३. उक्त विदाई कार्यक्रममा नेपाली सेनाका रथीवृन्दहरुको समेत उपस्थित रहेको थियो ।