नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त अभ्यास Balance Nail 17-3045 सञ्चालन

१. आज मिति २०७३ असोज ३० गतेदेखि नेपाली सेनाको तालिम शिविर नगरकोटमा  श्री महावीर गण (रेञ्जर) र मित्रराष्ट्र अमेरिकी सेनाको B Company, 1st Battalion, 1st Special Forces Group (Airborne) बिच अभ्यास Balance Nail 17-3045 सञ्चालन भएको छ ।

२. उक्त अभ्यास, विभिन्न सैनिक युद्धकला लगायत अन्तर्राष्ट्रिय मानवीय कानुन, मानव अधिकार जस्ता विषयहरुमा आधारित रही छाउनीस्थित श्री महावीर गण (रेञ्जर) र तालिम शिविर नगरकोटमा मिति २०७३/०८/०३ गतेसम्म सञ्चालन हुनेछ ।

३. सो संयुक्त अभ्यासको लागि मित्रराष्ट्र अमेरिकी सेनाका टोली मिति २०७३ असोज २७ गते आवश्यक तालिम सामाग्री सहित नेपाल आईपुगेका हुन् । यस प्रकारको संयुक्त अभ्यास नेपाली सेना र अमेरिकी सेना बिच विगतदेखि नै सञ्चालन हुँदै आईरहेको छ ।

४. यस किसिमको संयुक्त तालिम तथा अभ्यासबाट नेपाली सेना र अमेरिकी सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान गर्न सहयोग पुग्नुको साथै नेपाली सेनाको अन्य सैनिक सङ्गठनहरुसँग सहकार्य गरी सैनिक कारवाही सञ्चालन गर्न सक्ने क्षमतालाई समेत अभिबृद्धि गर्न विशेष सहयोग पुग्न जाने देखिएको छ । साथै, यस किसिमको संयुक्त अभ्यासबाट दुई देश बिचको मैत्रिपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ एवम् सौहार्द बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।