नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम/अभ्यास Teak Nail 17-01 सञ्चालन

१. आज मिति २०७३ कार्तिक १ गतेदेखि छाउनीस्थित श्री महावीर गण (रेञ्जर) र अमेरिकी सेनाको Special Operation Group बिच संयुक्त तालिम/अभ्यास 'Teak Nail 17-01' सञ्चालन भएको छ ।

२. उक्त तालिम विपद् व्यवस्थापन सम्बन्धी विविध विषयमा आधारित रही श्री महावीर गण (रेञ्जर) छाउनी, रसुवा जिल्लाको लाङटाङ्ग र कास्की जिल्लाको पोखरा ईलाकामा २०७३ कार्तिक २६ गतेसम्म सञ्चालन हुनेछ ।

३. सो संयुक्त तालिमको लागि मित्रराष्ट्र अमेरिकी सेनाको टोली मिति २०७३ असोज २७ गते आवश्यक तालिम सामाग्री सहित नेपाल आईपुगेका हुन् । यस प्रकारको संयुक्त तालिम÷अभ्यास नेपाली सेना र अमेरिकी सेना बिच विगतदेखि नै सञ्चालन हुँदै आईरहेको छ ।

४. यस किसिमको संयुक्त तालिम तथा अभ्यासबाट नेपाली सेना र अमेरिकी सेनाको विपद् व्यवस्थापन सम्बन्धी सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान गर्न सहयोग पुग्नुको साथै नेपाली सेनाको अन्य सैनिक सङ्गठनहरुसँग सहकार्य गरी विपद् व्यवस्थापन गर्ने क्षमतामा समेत अभिबृद्धि हुन जाने देखिएको छ । साथै, यस किसिमको संयुक्त तालिम/अभ्यासबाट दुई देश बिचको मैत्रिपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ एवम् सौहार्द बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।