मित्रराष्ट्र माल्दिभ्सको Chief of Defence Force, Maj Gen Ahmed Shiyam, ndc, psc भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

१. नेपाली सेनाका प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा नेपाल आउनु भएका मित्रराष्ट्र माल्दिभ्सको Maldives National Defence Force sf Chief of Defence Force, Maj Gen Ahmed Shiyam, ndc, psc  छ (६) दिने औपचारिक भ्रमण सम्पन्न गरी हिजो मिति २०७३ कार्तिक ०६ गते स्वदेश फिर्ता हुनु भएको छ ।

२. Maj Gen Ahmed Shiyam लाई उपरथी श्री हेमन्तराज कुँवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्नु भएको थियो ।

३. वहाँले भ्रमणको क्रममा सम्माननीय राष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, माननीय रक्षामन्त्री, नेपाली सेनाका प्रधान सेनापति लगायत अन्य उच्चपदस्थ सैनिक व्यक्तिहरुसँग समेत भेटवार्ता गर्नु भएको थियो । साथै वहाँले नेपाली सेनाको पोखरा स्थित पश्चिम पृतना मुख्यालय, शिवपुरी स्थित सैनिक कमाण्ड तथा स्टाफ कलेज, खरिपाटी स्थित नेपाली सैनिक प्रतिष्ठान, पाँचखाल स्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र कसरा स्थित श्रीजंग गणको निरीक्षण भ्रमण गर्नु भएको  थियो ।

४. छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको नेपाल भ्रमणले दुई देश बिचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवम् बृहत्तर पार्न थप मद्दत पुगेको विश्वास नेपाली सेनाले लिएको छ ।