मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष तथा नेपाली सेनाका मानार्थ महारथी General Dalbir Singh बाट नेपाल भ्रमण

१. प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष तथा नेपाली सेनाका मानार्थ महारथी General Dalbir Singh, PVSM, UYSM, AVSM, VSM, ADC द्वारा मिति २०७३ कार्तिक २६ गतेदेखि ऐ. २८ गतेसम्म तीन दिन नेपालको भ्रमण गर्नु हुने भएको छ ।

२. उक्त भ्रमणको दौरान मिति २०७३ कार्तिक २७ गते मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्षद्वारा नेपाली सेना र भारतीय सेना बीच रुपन्देही जिल्लाको सालझण्डीमा संचालन भई रहेको संयुक्त अभ्यास “सूर्य किरण” को निरीक्षण भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ ।

३. रुपन्देही जिल्लाको सालझण्डीमा मिति २०७३ कार्तिक १५ गतेबाट संचालन भई रहेको गण स्तरको संयुक्त अभ्यास “सूर्य किरण” दशौं संस्करणको हो । उक्त संयुक्त अभ्यास मिति २०७३ कार्तिक २८ गतेसम्म संचालन हुनेछ ।

४. यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र भारतीय सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।