मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्षबाट अभ्यास “सूर्य किरण” को निरीक्षण

१. प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा रहनु भएका मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष तथा नेपाली सेनाका मानार्थ महारथी General Dalbir Singh, PVSM, UYSM, AVSM, VSM, ADC बाट आज मिति २०७३ कार्तिक २७ गते नेपाली सेना र भारतीय सेना बीच रुपन्देही जिल्लाको सालझण्डीमा संचालन भई रहेको संयुक्त अभ्यास “सूर्य किरण” को निरीक्षण भ्रमण गर्नु भएको छ ।

२. उक्त निरीक्षण भ्रमणमा नेपाली सेनाका प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री लगायत नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको समेत सहभागिता रहेको थियो ।

३. निरीक्षण भ्रमणको दौरान मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्षलाई अभ्यास सम्बन्धी प्रस्तुतिकरण गरिएको थियो । वहाँले अभ्यास ईलाकामा भईरहेको गतिविधिहरुको निरीक्षण गर्नुको साथै अभ्यास टोलीबाट प्रदर्शन गरिएको डेमोस्ट्रेसनको समेत अवलोकन गर्नु भएको थियो । उक्त संयुक्त अभ्यास “सूर्य किरण” मा नेपाली सेनाको तर्फबाट श्री जब्बरजंग गण र भारतीय सेनाको तर्फबाट ३ कुमाउ राईफल बटालियन अभ्यासरत रहेका छन् । निरीक्षण भ्रमण समाप्त गरी वहाँ आजै काठमाण्डौं फिर्ता हुनु भएको छ ।

४. मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्षले आजै सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल र माननीय रक्षामन्त्री श्री बालकृष्ण खाँडसँग छुट्टा–छुट्टै शिष्टाचार भेट गर्नु भएको छ ।