मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष तथा नेपाली सेनाका मानार्थ महारथी General Dalbir Singh बाट नेपाल भ्रमण

१. प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष तथा नेपाली सेनाका मानार्थ महारथी General Dalbir Singh, PVSM, UYSM, AVSM, VSM, ADC तीनदिने औपचारिक भ्रमणको सिलसिलामा आज मिति २०७३ कार्तिक २६ गते काठमाडौं आईपुग्नु भएको छ । वहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी श्री पूर्णचन्द्र थापाले स्वागत गर्नु भएको थियो ।

२.   वहाँले आज प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग जङ्गी अड्डामा भेटवार्ता गर्नु भयो । यसअघि वहाँले आजै टुँडिखेल स्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्र्यापण गर्नु भएको थियो भने जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकुटीले वहाँको सम्मानमा सम्मान गारत अर्पण गरको थियो ।

४.   भ्रमणको क्रममा मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्षले आजै सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीसँग भेटघाट गर्नुहुने साथै श्री सैनिक श्रीमती सङ्घद्वारा आयोजित सांस्कृतिक कार्यक्रममा सहभागी हुनुहुने कार्यक्रम रहेको छ ।

५.   भम्रणको दौरान वहाँले भोली मिति २०७३ कार्तिक २७ गते सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहालसँग भेटघाट गर्नुको साथै नेपाली सेना र भारतीय सेना बीच रुपन्देही जिल्लाको सालझण्डीमा संचालन भई रहेको संयुक्त अभ्यास “सूर्य किरण” को निरीक्षण भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ ।

६.   भ्रमण समाप्त गरी मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष मिति २०७३ कार्तिक २८ गते स्वदेश फिर्ता हुनुहुने कार्यक्रम रहेको छ ।

७.   छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको नेपाल भ्रमणले दुई देश बिचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवम् बृहत्तर पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।