मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष तथा नेपाली सेनाका मानार्थ महारथी General Dalbir Singh भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

१. नेपाली सेनाका प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा आउनु भएका मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष तथा नेपाली सेनाका मानार्थ महारथी General Dalbir Singh, PVSM, UYSM, AVSM, VSM, ADC तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी आज मिति २०७३ कार्तिक २८ गते स्वदेश फिर्ता हुनु भएको छ । वहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी श्री पूर्णचन्द्र थापाले बिदाई गर्नु भएको थियो ।

२. वहाँले भ्रमणको क्रममा सम्माननीय राष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, माननीय रक्षामन्त्री तथा नेपाली सेनाका प्रधान सेनापतिसँग छुट्टाटुट्टै भेटवार्ता गर्नु भएको थियो । साथै वहाँले नेपाली सेना र भारतीय सेना बीच रुपन्देही जिल्लाको सालझण्डीमा संचालन भई रहेको संयुक्त अभ्यास “सूर्य किरण” को निरीक्षण भ्रमण समेत गर्नु भएको थियो ।

३. छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको नेपाल भ्रमणले दुई देश बिचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवम् बृहत्तर पार्न थप मद्दत पुगेको विश्वास नेपाली सेनाले लिएको छ ।