प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री औपचारिक भ्रमणको सिलसिलामा मित्रराष्ट्र बंगलादेशतर्फ प्रस्थान गर्नुहुने

१. नेपाल सरकारको निर्णय वमोजिम प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री मित्रराष्ट्र बंगलादेशका सेना प्रमुख General Abu Belal Muhammad Shafiul Huq, ndc, psc को औपचारिक निमन्त्रणामा मिति २०७३ कार्तिक ३० गतेदेखि २०७३ मंसिर ५ गतेसम्म छ दिने औपचारिक भ्रमणको लागि भोली मिति २०७३ कार्तिक ३० गते मित्रराष्ट्र बंगलादेशको ढाका प्रस्थान गर्नुहुने कार्यक्रम रहेको छ ।

२. नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्ति पश्चात् पहिलो पटक हुन लागेको बंगलादेश भ्रमणको सिलसिलामा महारथी श्री क्षत्रीले बंगलादेशका राष्ट्रपति, सेना प्रमुख लगायत अन्य विशिष्ट व्यक्तिहरुसँग भेटघाट गर्नुहुनुका साथै, बंगलादेश नेशनल डिफेन्स कलेज लगायत अन्य सैनिक युनिट तथा संरचनाहरुको भ्रमण गर्नुहुने कार्यक्रम समेत रहेको छ ।

३. प्रधान सेनापतिको भ्रमणदलमा श्रीमती रीता क्षत्री, सुदूर पश्चिम पृतनापति उपरथी श्री दिपक प्रसाद भारती, प्रधान सेनापतिको सैनिक सहायक सहित जम्मा आठ जना रहनु हुनेछ ।

४. यस किसिमको उच्च सैनिक नेतृत्व वर्गको भ्रमणले दुई देश बिचको सैनिक सम्बन्धलाई अझ सुमधुर, प्रगाढ एवम् बृहत्तर पार्न थप मद्दत पुग्न जाने विश्वास नेपाली सेनाले लिएको छ ।