प्रधान सेनापति मित्रराष्ट्र बंगलादेशको औपचारिक भ्रमण सम्पन्न गरि स्वदेश फिर्ता

१. प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री मित्रराष्ट्र बंगलादेशको छ दिनको औपचारिक भ्रमण सम्पन्न गरी आज मिति २०७३ मंसिर ०५ गते स्वदेश फिर्ता हुनु भएको छ । वहाँलाई बलाधिकृत रथी श्री वलदेव राज महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो । वहांलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत समेत अर्पण गरेको थियोे । उक्त अवसरमा नेपालको लागि बंगलादेशका राजदुत, नेपाली सेनाका रथीबृन्द लगायत नेपालस्थित आवासीय सैनिक सहचारीहरुको उपस्थिती रहेको थियो ।

२. मित्रराष्ट्र बंगलादेशका सेना प्रमुखको औपचारिक निमन्त्रणामा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री  मिति २०७३ कार्तिक ३० गते मित्रराष्ट्र बंगलादेश प्रस्थान गर्नु भएको थियो । भ्रमणको क्रममा महारथी श्री क्षत्रीले बंगलादेशका राष्ट्रपति, सेना प्रमुख लगायत अन्य विशिष्ट व्यक्तिहरुसँग भेटघाट गर्नुका साथै, बंगलादेश नेशनल डिफेन्स कलेज लगायत अन्य सैनिक फर्मेसन तथा संरचनाहरुको भ्रमण समेत गर्नु भएको थियो ।

३. यस किसिमको उच्च सैनिक नेतृत्व वर्गको भ्रमणले दुई देश बिचको सैनिक सम्बन्धलाई अझ सुमधुर, प्रगाढ एवम् बृहत्तर पार्न थप मद्दत पुग्न जाने विश्वास नेपाली सेनाले लिएको

छ ।