‘पृतनापति समन्वयात्मक बैठक २०७३’ शुभारम्भ

१. आज मिति २०७३ मंसिर ०७ गते माननीय रक्षामन्त्री श्री बालकृष्ण खाँड तथा रक्षा मन्त्रालयका पदाधिकारीहरुको उपस्थितिमा जङ्गी अड्डामा प्रधान सेनापति, पि.एस.ओज रथीबृन्द तथा पृतनापतिहरु सम्मिलित ‘पृतनापति समन्वयात्मक बैठक २०७३’ शुभारम्भ भएको छ । नियमित रुपमा संचालन हुँदै आएको बैठक दुई दिन सम्म चल्ने कार्यक्रम रहेको छ ।

२. उक्त कार्यक्रममा माननीय रक्षामन्त्री श्री बालकृष्ण खाँडले आफ्नो मन्तव्य व्यक्त गर्नुहुंदै नेपाली सेनाले आफ्नो स्थापना कालदेखि हालसम्म राष्ट्रिय सुरक्षामा पुर्‍याउँदै आएको योगदानको उच्च कदर गर्नुको साथै राष्ट्रिय विकास निर्माणमा पु¥याएको योगदानको समेत उच्च मुल्यांकन गर्नु भयो । वहाँले मन्तव्यकै क्रममा विश्व शान्तिको लागि पुर्‍याएको योगदान अतुलनिय रहेको र यस कार्यको विश्व समुदायबाट समेत प्रशंसा हुदै आएको बताउनु भयो । रक्षामन्त्री श्री खाँडले नेपाली सेनाको आधुनिकरण र सुदृढिकरणमा  नेपाल सरकार प्रतिवद्ध रहेको बताउनु हुँदै ‘पृतनापति समन्वयात्मक बैठक २०७३’ को सफलताको कामना समेत गर्नु भएको थियो ।

३. उक्त अवसरमा माननीय रक्षामन्त्रीले निर्माणाधिन जंगी अड्डा भवनको समेत निरीक्षण गर्नु भएको थियो ।

४. यस अघि समन्वयात्मक बैठकको शुभारम्भमा बलाधिकृत रथी श्री वलदेव राज महतले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । यसैबीच, समन्वयात्मक बैठकको क्रममा सहभागि कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको कार्य समिक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आईपर्न सक्ने चुनौतीहरु एवम् सुझावहरुको सम्बन्धमा प्रस्तुतिकरण गर्नुहुने कार्यक्रम रहेको छ ।

५. यस किसिमको समन्वयात्मक बैठक र आपसी अन्तरक्रियाको माध्यमबाट आउने रचनात्मक सुझावहरुले नेपाली सेनाको नीति निर्माणमा ठोस योगदान पुर्‍याउन थप सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।