‘पृतनापति समन्वयात्मक बैठक २०७३’ सम्पन्न

१. मिति २०७३ मंसिर ०७ गते माननीय रक्षामन्त्री श्री बालकृष्ण खाँड तथा रक्षा मन्त्रालयका पदाधिकारीहरुको उपस्थितिमा जङ्गी अड्डामा प्रधान सेनापति, पि.एस.ओज रथीबृन्द तथा पृतनापतिहरु सम्मिलित दुई दिन सम्म संचालन भएको ‘पृतनापति समन्वयात्मक बैठक २०७३’ आज मिति २०७३ मंसिर ०८ गते सम्पन्न भएको छ ।

२. समन्वयात्मक बैठकको क्रममा सहभागि कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाहरुले आ–आप्mनो जिम्मेवारी क्षेत्रको कार्य समिक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आईपर्न सक्ने चुनौतीहरु एवम् सुझावहरुको सम्बन्धमा प्रस्तुतिकरण गर्नु भएको थियो । उक्त बैठकमा समसामयिक बस्तुस्थितिको पुनरावलोकन तथा मुल्यांकन समेत भएको थियो ।

३. कार्यक्रम समापनको क्रममा आज मिती २०७३ मंसिर ०८ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले विद्यमान परिस्थितिको मुल्यांकन गरी आउन सक्ने जस्तो सुकै चुनौतीको सामना गर्न सक्ने गरी अपरेशनल, तालिम तथा बन्दोबस्ती पक्षमा हरहमेसा तयारी रहन निर्देशन दिनुभयो । मन्तव्यकोे क्रममा प्रधान सेनापति श्री क्षत्रीले विभागिय प्रमुखहरु तथा पृतनापतिहरुलाई नियमित संस्थागत जिम्मेवारी तथा कार्यहरुको अलावा अपरेशनल रेडिनेस तथा सांगठनिक सुदृढिकरणका क्षेत्रहरुमा विशेष ध्यान केन्द्रित गर्न निर्देशन समेत दिनु भएको छ ।

४. यस किसिमको समन्वयात्मक बैठक र आपसी अन्तरक्रियाको माध्यमबाट आउने रचनात्मक सुझावहरुले नेपाली सेनाको नीति निर्माणमा ठोस योगदान पुर‌्याउन थप सहयोग पुगेको विश्वास नेपाली सेनाले लिएको छ ।