सम्माननीय राष्ट्रपतिद्वारा शान्ति स्थापनार्थ खट्टिई जाने फौजहरुलाई सम्बोधन

१. आज मिति २०७३ मंसिर १४ गते सम्माननीय राष्ट्रपति एवम् नेपाली सेनाका परमाधिपति श्रीमती विद्यादेवी भण्डारीले संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ UNMISS Mission, दक्षिण सुडानमा तैनाथ हुन जाने श्री रिपुमर्दन गण (शा.से.) सातौं डफ्फा र UNSMIL Mission लिवियामा तैनाथ हुने जाने श्री स्पेशल गार्ड युनिट (शा.से.) पहिलो डफ्फाको पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सञ्चालन भएको Pre-Deployment तालिमको अन्तिम निरीक्षण गर्नु भएको छ ।

२. वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको पहिलो पटक निरिक्षण भ्रमण गर्नु भएको सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले सम्बोधन गर्नु हुँदै निकट भविश्यमा दक्षिण सुडान र लिवियामा शान्ति स्थापना कार्यका लागि जान लागेका फौजहरुलाई बधाई तथा शुभकामना दिनुको साथै उच्च मनोबलका साथ कार्य गर्न निर्देशन दिनुभयो । त्यस्तै वँहाले वीर सैनिकहरुले आर्जेको गौरवलाई कायम राख्दै निष्ठापूर्वक कार्य गर्नेमा आफु विश्वस्त रहेको बताउनु हुँदै नेपालको मान, सम्मान र इतिहासलाई विश्वमाझ पुर्‍याउन नेपाली सेनाले खेलेको भूमिका गौरव गर्न लायक भएको उल्लेख गर्नुभयो ।

३. नेपालको परराष्ट्र नीति बमोजिम नेपाली सेनाले, नेपाल र नेपालीहरुको प्रतिनिधित्व गर्दै विश्व शान्तिको लागि विभिन्न द्वन्दग्रस्त स्थानहरुमा शान्ति सैनिकहरु तैनाथ गरी उल्लेख्य रुपमा योगदान दिंदै आइरहेको उल्लेख गर्नुहुँदै राष्ट्रपति भण्डारीले लिवियामा पहिलो पटक फौज खट्टिन लागेकाले अन्य मिशनहरुमा जस्तै उक्त मिशनमा पनि नेपालको गरिमा कायम राख्ने गरी कार्य गर्न निर्देशन दिनु भयो । सम्बोधन कै क्रममा राष्ट्रपति भण्डारीले कठिन चुनौति रहेका ठाँउहरुमा कुशलतापूर्वक जिम्मेवारी पूरा गर्न शुभकामना पनि दिनु भयो ।

४. सोही अवसरमा रक्षामन्त्री श्री बालकृष्ण खाँडले विश्वमा नेपालको परिचय स्थापना गर्न नेपाली शान्ति सैनिकहरुले ठूलो भूमिका खेलेको बताउनु हुँदै आगामी दिनमा समेत विश्व शान्तिप्रतिको नेपालको प्रतिबद्धतालाई कुशलतापूर्वक पूरा गर्ने विश्वास व्यक्त गर्नु भयो । नेपालको परराष्ट्रनीतिलाई व्यवहारिक रुपमा बहुराष्ट्रहरु सम्मिलित मिशनमा परिचित र स्थापित गर्न नेपाली शान्ति सैनिकहरुको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुहुँदै वँहाले शान्ति स्थापना कार्यका लागि आवश्यक सहयोग गर्न नेपाल सरकार सदैव तयार रहेको बताउनु भयो ।

५. निरीक्षणको क्रममा सम्माननीय राष्ट्रपति श्री भण्डारीलाई श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रका केन्द्रपतिले केन्द्रको बारेमा जानकारी गराउनु भएको थियो भने दक्षिण सुडान र लिवियामा तैनाथ हुन जाने टोलीहरुद्वारा प्रस्तुत Pre-Deployment तालिम अन्तर्गत डेमो तथा अभ्यासको राष्ट्रपति भण्डारीले अवलोकन गर्नु भएको थियो ।

६. उक्त कार्यक्रममा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री, राष्ट्रपति कार्यालयका पदाधिकारीहरु, निमित्त रक्षा सचिव, नेपाली सेनाका रथीबृन्द, अधिकृत, सञ्चारकर्मीहरु लगायत सकलदर्जाको उपस्थिति रहेको थियो ।