प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा पूर्वी पृतना अन्तर्गतका युनिटहरुको निरीक्षण

१. पूर्वी पृतना हे.क्वा.अन्तर्गतका युनिटहरुको २ दिने निरीक्षण भ्रमणको क्रममा आज मिति २०७३ मंसिर १६ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले तेह«थुम जिल्लाको म्याङलुङ स्थित श्री ईन्द्रदल गुल्मको निरीक्षण भ्रमण गर्नु भएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति श्री क्षत्रीले उक्त गुल्मको बस्तुस्थिति विवरण, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नु भएको छ । सोही अवसरमा उहाँले सकलदर्जालाई सम्बोधन गर्नुहुँदै उच्च मनोबलका साथ निस्वार्थ भावनाले अभिप्रेरित भई मुलुक र मुलुकबासीको हीत रक्षार्थ अनुशासित, संयम एवम् पेशेवर ढङ्गले कार्य गर्न निर्देशन दिनु भएको थियो ।

३. निरीक्षण भ्रमण पश्चात प्रधान सेनापति श्री क्षत्री आज झापा स्थित श्री कालीबहादुर गणमा मुकाम रहनु हुने कार्यक्रम रहेको छ ।

४. साथै, निरीक्षण भ्रमणको क्रममा वहाँले भोली मिति २०७३ मंसिर १७ गते सिराहा स्थित नयाँ गोरख गणको निरीक्षण सम्पन्न गरी काठमाण्डौ फिर्ता हुनु हुने कार्यक्रम रहेको छ ।