समरी जनरल सैनिक अदालतको फैसला सम्बन्धमा

१. नेपाली सेनाका प्राविधिक सहायक रथी किरण बज्राचार्य लगायतका सैनिक अधिकृतहरुले नेपाली सेनाबाट म्याद थपको लागि सिफारिस गरिएका आफु भन्दा माथिल्लो तहका अधिकृतको दुई बर्षे पदावधी नथप्न राजनीतिक लविङ्गमा संलग्न भई सैनिक अनुशासन तथा आचरण विपरितको कसुर समेत गरेको अभियोगमा निजहरु उपर मुद्धा पुर्पक्ष गर्न उपरथी श्री अनिल जंग थापाको अध्यक्षतामा गठित समरी जनरल सैनिक अदालतले निम्न बमोजिम गर्ने गरी गरेको फैसला सैनिक ऐन २०६३ को दफा १०९ बमोजिम श्री प्रधानसेनापतिबाट मिति २०६७ फाल्गुन २६ गते सदर भएको व्यहोरा जानकारी गराईन्छ । २. प्राविधिक सहायक रथी किरण बज्राचार्यलाई सैनिक ऐन, २०६३ को दफा ५२ को खण्ड (छ) बमोजिमको कसुरमा दोषि ठहराई सोही ऐनको दफा १०१ को उपदफा (१) को खण्ड (च) बमोजिम २ (दुई) बर्ष बढुवा रोक्का गरिएको । ३. प्राविधिक प्रमुख सेनानी प्रमेन्द्र किशोर क्षेत्री, प्राविधिक सेनानी गोविन्द मैनाली, प्राविधिक सेनानी किरण श्रेष्ठ र प्राविधिक सेनानी पंकज थापालाई सैनिक ऐन, २०६३ को दफा ५२ को खण्ड (छ) बमोजिमको कसुरमा दोषि ठहराई सोही ऐनको दफा १०१ को उपदफा (१) को खण्ड (च) बमोजिम जनही १ (एक) बर्ष ६ (छ) महिना बढुवा रोक्का गरिएको । ४. प्राविधिक सेनानी ध्रुब पण्डितलाई सैनिक ऐन, २०६३ को दफा ५२ को खण्ड (छ) बमोजिमको कसुरमा दोषि ठहराई सोही ऐनको दफा १०१ को उपदफा (१) को खण्ड (च) बमोजिम १ (एक) बर्ष बढुवा रोक्का गरिएको । ५. प्राविधिक सह सेनानी बिदुर चन्द्र श्रेष्ठ, प्राविधिक सह सेनानी राजेश कुमार देव र प्राविधिक सह सेनानी राम सागर यादवलाई सैनिक ऐन, २०६३ को दफा ५२ को खण्ड (छ) बमोजिमको कसुरमा दोषि ठहराई सोही ऐनको दफा १०१ को उपदफा (१) को खण्ड (च) बमोजिम जनही ६ (छ) महिना बढुवा रोक्का गरिएको ।