प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा ‘सामरी स्ल्याम’ लनटेनिस खेल अवलोकन तथा पुरस्कार वितरण

१. आज मिति २०७३ साल मंसिर २४ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले श्री मध्य पृतना हे.क्वा.सुपारेटार व्यारेकको खेल मैदानमा भएको सातौं संस्करणको ‘सामरी स्ल्याम’ राष्ट्रिय लनटेनिस प्रतियोगिताको समापन समारोहको क्रममा आयोजित फाइनल खेल अवलोकन गर्नुको साथै विजयी खेलाडीहरुलाई पुरस्कार समेत वितरण गर्नु भएको छ ।

२. श्री मध्य पृतना हे.क्वा., अखिल नेपाल लन टेनिस संघ र मकवानपुर लन टेनस संघले मिति २०७३ मंसिर १९ गतेबाट संयुक्त रुपमा आयोजना गरेको उक्त प्रतियोगितामा पुरुष सिंगल, महिला सिंगल सहित जम्मा ७ विधाहरुमा जम्मा ४३ जना खेलाडीहरुको सहभागिता रहेको थियो ।

३. सो ‘सामरी स्ल्याम’ लनटेनिस प्रतियोगिताको समापन कार्यक्रममा श्री मध्य पृतना हे.क्वा.का पृतनापति उपरथी श्री देवकुमार सुवेदीले समापन मन्तव्य व्यक्त गर्नु भएको थियो ।

४. साथै, प्रधान सेनापति श्री क्षत्री आज मध्य पृतना हे.क्वा. सुपारेटार व्यारेकमा मुकाम रहनु हुने र मिति २०७३ मंसिर २६ गते आईतवार काठमाण्डौं फिर्ता हुनु हुने कार्यक्रम रहेको छ ।