प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा पूर्वी पृतना अन्तर्गतका युनिटहरुको निरीक्षण

१. पूर्वी पृतना हे.क्वा.अन्तर्गतका युनिटहरुको दुई दिने निरीक्षण भ्रमणको क्रममा आज मिति २०७३ पौष ८ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले संखुवासभा जिल्लाको मकालु बरुण राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ श्री भिमकाली गुल्मको निरीक्षण भ्रमण गर्नु भएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति श्री क्षत्रीले उक्त गुल्मको बस्तुस्थिति बिवरण, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुभएको थियो । सोही अवसरमा वहाँले सकलदर्जालाई सम्बोधन गर्नुहुँदै उच्च मनोबलका साथ निःस्वार्थ भावनाले राष्ट्रिय निकुञ्ज सुरक्षार्थ अनुशासित, संयम् एवं पेशेवर ढङ्गले कार्य गर्न निर्देशन दिनु भएको थियो ।

३. आजै प्रधान सेनापति श्री क्षत्री विराटनगर रङ्गशालामा हुन गईरहेको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा सहभागी हुनु भई इटहरीस्थित श्री पूर्वी पृतना हे.क्वा.मा मुकाम रहनु हुने कार्यक्रम रहेको छ ।

४. वहाँले भोली मिति २०७३ पौष ९ गते पाँचथर जिल्लाको फिदिमस्थित भैरवीदल गण र भोजपुर जिल्लास्थित रणबम गणको निरीक्षण भ्रमण सम्पन्न गर्नु भई काठमाण्डौ फिर्ता हुनु हुने कार्यक्रम रहेको छ ।