प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा पूर्वी पृतना हे.क्वा. अन्तर्गतका युनिटहरुको निरीक्षण भ्रमण सम्पन्न

१. मिति २०७३ पौष ८ गते श्री पूर्वी पृतना हे.क्वा. अन्तर्गतका युनिटहरुको निरीक्षण भ्रमणमा जानु भएका प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले आज मिति २०७३ पौष ९ गते पाँचथर जिल्लाको फिदिमस्थित भैरवीदल गण र भोजपुर जिल्लास्थित रणबम गणको निरीक्षण भ्रमण गर्नु भएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति श्री क्षत्रीले उक्त गणहरुको स्थलगत बस्तुस्थिति बिवरण, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नु भएको थियो । सोही अवसरमा उहाँले सकलदर्जालाई सम्बोधन गर्नुहुँदै उच्च मनोबलका साथ निःस्वार्थ भावनाले मुलुक र मुलुकबासीको हीत रक्षार्थ अनुशासित, संयम् एवं पेशेवर ढङ्गले कार्य गर्न निर्देशन दिनु भएको थियो ।

३. निरीक्षण भ्रमण पश्चात् प्रधान सेनापति श्री क्षत्री आजै काठमाण्डौ फिर्ता हुनु भएको छ ।