सैनिक आवासीय महाबिद्यालयको बार्षिकोत्सव कार्यक्रम सम्पन्न

१. आज मिति २०७३ पौष १२ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यमा सैनिक आवासीय महाविद्यालय, भक्तपुरको ३९ औं बार्षिकोत्सव एक कार्यक्रमकाबीच सम्पन्न भएको  छ ।

२. उक्त कार्यक्रममा सैनिक आवासीय महाबिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । सोही अवसरमा प्रधान सेनापति महारथी श्री क्षत्रीले उक्त बिद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरुलाई पुरस्कार प्रदान गर्नुको साथैे उक्त महाविद्यालयको मुखपत्र ‘सल्लाघारी’ को विमोचन समेत गर्नु भएको थियो ।

३. कार्यक्रमको दौरान त्यसै महाविद्यालयमा विगतमा कार्य गर्नु भएका प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री तथा महारथी श्री गौरव शम्शेर ज.ब.रा. (अ.प्रा.) लाई उक्त महाविद्यालयको तर्फबाट सम्मान पत्र प्रदान गरिनुको साथै उक्त महाविद्यालयका पूर्व प्रिन्सिपलहरु, पूर्व विद्यार्थीहरु र पूर्व कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रमको शुरुमा महाविद्यालयका प्रिन्सिपल श्री समिम अनवर समिमले स्वागत मन्तव्य व्यक्त गर्नु हुँदै आमन्त्रित प्रमुख अतिथी लगायत अन्य महानुभाव तथा अभिभावकवर्गलाई कृतज्ञता ज्ञापन समेत गर्नु भएको थियो ।

४. वि.सं.२०३५ सालमा मकवानपुर जिल्लाको भिमफेदीमा स्थापना भएको उक्त महाविद्यालय वि.सं.२०४४ सालदेखि भक्तपुर जिल्लास्थित सल्लाघारीमा सञ्चालन हुँदै आईरहेको छ । महाविद्यालयलाई क्रमशः स्तरोन्नती र विस्तार गर्दै लैजाने नेपाली सेनाको नीति अनुरुप उक्त महाविद्यालयमा वि.सं.२०६९ सालबाट बी.एस्सी. तथा वि.सं.२०७० सालबाट स्नातक तहमा बी.बी.ए. कार्यक्रम सञ्चालन गरीदै आएको छ ।

५. नेपाली सेनाको सैनिक कल्याणकारी कोषले देशभर विभिन्न स्थानमा महाविद्यालय–७, विद्यालय– १ तथा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान अन्तर्गत मेडिकल कलेज– १ र नर्सिङ्ग कलेज– १ मुनाफा रहित रुपमा सञ्चालन गरी हाल सैनिक तर्फ ५ हजार ८ सय १३ जना, गैह्र सैनिक तर्फका ३ हजार १ सय ५१ जना र विदेशी ६ जना गरी जम्मा ८ हजार ९ सय ७० जना छात्र–छात्राहरुलाई शिक्षाको अवसर उपलब्ध गराउँदै आएको छ ।

६. उक्त वार्षिकोत्सव कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरु, त्रिभुवन बिश्वबिद्यालयका पदाधिकारीहरु तथा प्राध्यापकहरु, अभिभावकवर्ग, शिक्षक÷शिक्षिका एवं कर्मचारी लगायत बिद्यार्थीहरुको समेत उपस्थिती रहेको थियो ।

७. नेपाली सेनाको कल्याणकारी कोषसँग रहेको सीमित श्रोत र साधनलाई परिचालन गरी नेपाली सेनाले विद्यालय तथा कलेजहरु सञ्चालन गर्दै सैनिक एवं गैह्र सैनिकका सन्ततीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरेबाट देशको समग्र शिक्षा क्षेत्रमा योगदान पुगेको विश्वास नेपाली सेनाले लिएको छ ।