प्रधान सेनापतिद्वारा मध्यपश्चिम पृतना हे.क्वा. अन्तर्गतका युनिटहरुको निरीक्षण भ्रमण सम्पन्न

१. आज मिति २०७३ पौष १४ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले श्री मध्य पश्चिम पृतना हे.क्वा. अन्तर्गत हुम्ला जिल्लास्थित श्री नयाँ भैरवीदल गुल्म र मुगु जिल्लास्थित श्री दुर्गा भञ्जन गुल्मको निरिक्षण भ्रमण गर्नुभएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति श्री क्षत्रीले उक्त गुल्महरुको स्थलगत बस्तुस्थिति बिवरण, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नु भएको थियो । सोही अवसरमा उहाँले सकलदर्जालाई सम्बोधन गर्नुहुँदै उच्च मनोबलका साथ निःस्वार्थ भावनाले मुलुक र मुलुकबासीको हीत रक्षार्थ अनुशासित, संयम् एवं पेशेवर ढङ्गले कार्य गर्न निर्देशन दिनु भएको थियो ।

३. उक्त निरिक्षण भ्रमण कार्यक्रम सम्पन्न गरी प्रधान सेनापति महारथी श्री क्षत्री आजै काठमाण्डौ फिर्ता हुनु भएको छ ।