प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा निरीक्षण भ्रमण

१. आज मिति २०७३ पौष १७ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले श्री पश्चिम पृतना हे.क्वा. अन्तर्गत पाल्पा जिल्लास्थित श्री चण्डी प्रसाद गण र कपिलबस्तु जिल्लास्थित श्री कालीजंग गणकोे निरीक्षण भ्रमण गर्नु भएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति श्री क्षत्रीले उक्त गणहरुको स्थलगत बस्तुस्थिति बिवरण, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नु भएको थियो । सोही अवसरमा उहाँले सकलदर्जालाई सम्बोधन गर्नुहुँदै उच्च मनोबलका साथ निःस्वार्थ भावनाले मुलुक र मुलुकबासीको हीत रक्षार्थ अनुशासित, संयम् एवं पेशेवर ढङ्गले कार्य गर्न निर्देशन दिनु भएको थियो ।

३. निरीक्षण भ्रमणकै क्रममा वहाँले कपिलबस्तु जिल्लाको बहादुरगञ्ज स्थित स्युराज स्मारकको उद्घाटन गर्नु भएको थियो ।

४. त्यसैगरी, वहाँ आजै बुटवलस्थित श्री नं.२२ बाहिनी अड्डाको वार्षिकोत्सव कार्यक्रममा सरिक हुनु भई सोही बाहिनी अड्डामा मुकाम रहनु हुने र भोली मिति २०७३ पौष १८ गते नवलपरासी जिल्लाको हात्तिखोरस्थित श्री नं.२ वन तथा पर्यावरण गणको निरीक्षण भ्रमण सम्पन्न गरी काठमाण्डौ फिर्ता हुनु हुने कार्यक्रम रहेको छ ।