प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा निरीक्षण भ्रमण सम्पन्न

१. आज मिति २०७३ पौष १८ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले नवलपरासी जिल्लाको हात्तिखोरस्थित श्री नं.२ वन तथा पर्यावरण गणको निरीक्षण भ्रमण सम्पन्न गर्नुभई काठमाण्डौ फिर्ता हुनु भएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति महारथी श्री क्षत्रीले सो गणको स्थलगत बस्तुस्थिति बिवरण, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नु भएको थियो । सोही अवसरमा वहाँले सकलदर्जालाई सम्बोधन गर्नुहुँदै उच्च मनोबलका साथ निःस्वार्थ भावनाले पर्यावरण सन्तुलनको मेरुदण्डको रुपमा रहेका राष्ट्रिय वन सुरक्षाको निमित्त अनुशासित, संयम् एवं पेशेवर ढङ्गले कार्य गर्न निर्देशन दिनु भएको थियो ।

३. उक्त भ्रमणमा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको समेत सहभागिता रहेको थियो ।