प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा निरीक्षण भ्रमण

१. आज मिति २०७३ पौष २५ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले श्री मध्य पृतना हे.क्वा.अन्तर्गत चनवनस्थित श्री नं.७ बाहिनी अड्डाको निरीक्षण भ्रमण गर्नु भएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति महारथी श्री क्षत्रीले सकलदर्जालाई सम्बोधन गर्नुहुँदै उच्च मनोबलका साथ निःस्वार्थ भावनाले मुलुक र मुलुकबासीको हीत रक्षार्थ अनुशासित, संयम् एवं पेशेवर ढङ्गले कार्य गर्न निर्देशन दिनु भएको थियो ।

३. निरीक्षण भ्रमण पश्चात प्रधान सेनापति महारथी श्री क्षत्री आजै काठमाण्डौ फिर्ता हुनु भएको छ ।