प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा निरीक्षण भ्रमण

१. आज मिति २०७३ माघ ०३ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले खैरेनिटारस्थित श्री नं.३ बाहिनी अड्डाको निरीक्षण भ्रमण गर्नुभएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति महारथी श्री क्षत्रीले उक्त बाहिनी अड्डाको स्थलगत बस्तुस्थिति बिवरण, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुभएको थियो । सोही अवसरमा वहाँले नेपाली सेनाको श्री सैनिक कल्याणकारी योजना निर्देशनालयद्वारा खैरेनीटारमा नवनिर्मित ‘रिपुमर्दिनी पेट्रोल स्टेशन’ तथा उक्त बाहिनी अड्डा परिसरमा निर्माण भएको ‘सैनिक परिवार आवास गृह’ को समुद्घाटन गर्नुभएको थियो ।

३. त्यसैगरी, वहाँ आजै तनहुँस्थित श्री नं.३ राजदल गणको वार्षिकोत्सव कार्यक्रममा सरिक हुनु भई सोही गणमा मुकाम रहनु हुने र भोली मिति २०७३ माघ ०४ गते पर्वतस्थित श्री रणदल गुल्मको निरीक्षण भ्रमण सम्पन्न गरी काठमाण्डौ फिर्ता हुनु हुने कार्यक्रम रहेको छ ।