नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त अभ्यास Balance Nail 17-3011 सञ्चालन

१. आज मिति २०७३ माघ ०४ गतेदेखि नेपाली सेनाको श्री महावीर गण (रेञ्जर) र मित्रराष्ट्र अमेरिकी सेनाबीच अभ्यास Balance Nail 17-3011 सञ्चालन भएको छ । यस प्रकारको संयुक्त अभ्यास नेपाली सेना र अमेरिकी सेनाबीच विगतदेखि नै सञ्चालन हुँदै आईरहेको छ ।

२. उक्त अभ्यास, विभिन्न सैनिक युद्धकला लगायत अन्तर्राष्ट्रिय मानवीय कानुन, मानव अधिकार जस्ता विषयहरुमा आधारित रही मिति २०७३/११/१८ गतेसम्म सञ्चालन हुनेछ । सो संयुक्त अभ्यासको लागि मित्रराष्ट्र अमेरिकी सेनाका टोली मिति २०७३ पौष २८ गते आवश्यक तालिम सामाग्री सहित नेपाल आईपुगेका हुन् ।

३. यस किसिमको संयुक्त तालिम तथा अभ्यासबाट नेपाली सेना र अमेरिकी सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान गर्न सहयोग पुग्नुको साथै नेपाली सेनाको अन्य मित्रराष्ट्रहरुको सेनासँग सहकार्य गरी सैनिक कारवाही सञ्चालन गर्न सक्ने क्षमतालाई समेत अभिबृद्धि गर्न विशेष सहयोग पुग्न जाने देखिएको छ । साथै, यस्ता सहकार्यहरुबाट दुई देश बिचको मैत्रिपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ एवम् सौहार्द बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।</div>"