प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा निरीक्षण भ्रमण सम्पन्न

१. मिति २०७३ माघ ०३ गते श्री पश्चिम पृतना हे.क्वा. अन्तर्गत युनिटहरुको निरीक्षण भ्रमणमा जानु भएका प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले आज मिति २०७३ माघ ०४ गते पर्वतस्थित रणदल गुल्मको निरीक्षण भ्रमण गर्नुभएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति श्री क्षत्रीले उक्त गणहरुको स्थलगत बस्तुस्थिति बिवरण, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नु भएको थियो । सोही अवसरमा उहाँले सकलदर्जालाई सम्बोधन गर्नुहुँदै उच्च मनोबलका साथ निःस्वार्थ भावनाले मुलुक र मुलुकबासीको हीत रक्षार्थ अनुशासित, संयम् एवं पेशेवर ढङ्गले कार्य गर्न निर्देशन दिनु भएको थियो ।

३. निरीक्षण भ्रमण सम्पन्न गरी प्रधान सेनापति महारथी श्री क्षत्री आजै काठमाडौं फिर्ता हुनु भएको छ ।