प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा निरीक्षण भ्रमण

१. आज मिति २०७३ माघ ०५ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले नेपाली सेनाको श्री राष्ट्रिय सेवा दलद्वारा चितवन जिल्लाको हात्तिखोरस्थित श्री नं.२ वन तथा पर्यावरण गणको हाताभित्र सञ्चालन भईरहेको ४३ औं ब्याच जुनियर डिभिजन तालिमको वार्षिक सामूहिक क्याम्पको निरीक्षण गर्नुभएको छ ।

२. प्रधान सेनापति श्री क्षत्री आज भरतपुरमा मुकाम रहनु हुने र भोली मिति २०७३ माघ ०६ गते उक्त जुनियर डिभिजन तालिमको दीक्षान्त कवाजको सलामी ग्रहण गर्नु भई काठमाडांै फिर्ता हुनु हुने कार्यक्रम रहेको छ ।