प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा जुनियर डिभिजन तालिमको दीक्षान्त कवाजको सलामी ग्रहण

१. आज मिति २०७३ माघ ०६ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले नेपाली सेनाको श्री राष्ट्रिय सेवा दलद्वारा हात्तिखोरस्थित श्री नं.२ वन तथा पर्यावरण गणको हाताभित्र सञ्चालन भईरहेको ४३ औं ब्याच जुनियर डिभिजन तालिमको दीक्षान्त कवाजको सलामी ग्रहण गर्नुभएको छ ।

२. उक्त दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधान सेनापति श्री क्षत्रीले नेपाल सरकारको युवा शसक्तिकरणको राष्ट्रिय कार्यक्रम अन्तर्गत श्री राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १०० दिन अवधिको तालिम सफलतापूर्वक सम्पन्न गरी दीक्षित हुनु भएका सम्पूर्ण छात्र/छात्राहरुलाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।  

३. मन्तव्यको क्रममा वहाँले उपलब्ध छोटो समयमा कडा परिश्रम, लगनशिलता र उत्सुकताका साथ सिक्नु भएका सैनिक तथा बिविध व्यावहारिक विषयहरुले दीक्षित छात्ररछात्राहरुको व्यक्तित्व क्षमतालाई अझै परिस्कृत गर्दै अनुशासन, निष्ठा तथा नेतृत्व क्षमताको विकास गरेको विश्वास व्यक्त गर्नु भयो । सोही अवसरमा वहाँले तालिम सञ्चालन गर्ने शिक्षक वर्ग, बन्दोवस्तीमा सहयोग पुर‍्याउनु हुने विद्यालय परिवार, अभिभावक, स्थानीय निकाय, बुद्धिजिवी, समाजसेवी, सञ्चारकर्मीहरुलाई हार्दिक धन्यबाद व्यक्त गर्नुभएको थियो ।

४. उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, स्थानीय प्रशासनका प्रतिनिधीहरु, विद्यालयका प्रधानाध्यापकहरु, शिक्षक वर्ग, सञ्चारकर्मीहरु, समाजसेवी, नेपाली सेनाका अधिकृत, पदिक तथा अन्यदर्जा लगायत विभिन्न विद्यालयका छात्र÷छात्राहरु एवं अभिभावकहरुको उपस्थिती रहेको थियो ।

५. दीक्षान्त समारोहको कार्यक्रम पश्चात प्रधान सेनापति श्री क्षत्री आजै काठमाडौं फिर्ता हुनुभएको छ ।