प्रधान सेनापतिद्वारा ‘प्रधान सेनापति दोश्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७३’ को समुद्घाटन

१. नेपाली सेनाद्वारा आयोजित ‘प्रधान सेनापति दोश्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७३’ को आज मिति २०७३ माघ ०९ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले एक विशेष समारोहकाबीच रेफ्रीलाई भलिबल हस्तान्तरण गर्नुभई समुद्घाटन गर्नुभएको छ ।

२. नेपाली सेनाको श्री सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको कभर्डहल, लगनखेलमा आजदेखि माघ १४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको एक÷एक तथा पाँच विकास क्षेत्रका पाँच भलिबल टिमगरी जम्मा आठ टिमको सहभागिता रहेको छ । उक्त प्रतियोगिता अन्तर्गत आज नेपाल प्रहरी र मध्यमाञ्चल भलिबल टिमबीच भएको खेलमा २५—१०, २५—१७ र २५—१९ को सोझो सेटमा नेपाल प्रहरीको भलिबल टिमले जित हांसिल गरेको छ भने सुदूर पश्चिमाञ्चल र पश्चिमाञ्चल भलिबल टिमबीच भएको खेलमा २५—१६, १६—२५, २६—२८ र १८—२५ को सेटमा पश्चिमाञ्चल भलिबल टिमले जित हांसिल गरेको छ । त्यसैगरी, आजै त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको भलिबल टिमबीच भएको खेलमा त्रिभुवन आर्मी क्लवको भलिबल टिमले २५—१५, २५—१९ र २५—२० को सोझो सेटमा जित हांसिल गर्न सफल भएको छ भने मध्य पश्चिमाञ्चल र पूर्वाञ्चल भलिबल टिमबीचको खेलमा १७—२५, १६—२५ र १४—२५ को सोझो सेटमा पूर्वाञ्चल भलिबल टिमले जित हासिल गरेको छ ।

३. यस प्रतियोगितामा नेपाली सेनाले खेलकुद जगतको विकास तथा खेलाडीहरुको हौसला वृद्धि गर्न नेपाल इन्भेष्टमेण्ट बैंकको सहकार्यमा प्रथम, द्धितिय र तृतिय हुने विजेता टिमलाई क्रमशः रु.३ लाख, रु.१ लाख ५० हजार र रु.७५ हजार नगद पुरस्कार र उत्कृष्ट स्पाईकर, ब्लकर, डिफेण्डर, लिफ्टर र कोचलाई समेत १०/१० हजार नगद पुरस्कारको व्यवस्था गरेको छ । त्यसैगरी, प्रतियोगिताभरिकै उत्कृष्ट खेलाडीलाई गोल्छा अर्गनाइजेसन हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.को प्रायोजनमा पुरस्कार स्वरुप १५० सि.सि. को पल्सर मोटरसाईकल प्रदान गर्ने योजना गरेको छ ।

४. सोही अवसरमा, प्रमुख अतिथि प्रधान सेनापति महारथी श्री क्षत्रीले नेपाली सेनाका सैनिक खेलाडीहरुले पुर्‍याएको योगदान र उपलब्धिहरुलाई संग्रहित गरी तयार गरिएको ‘अभिलेख तथा खेलकुद पुस्तिका’ को समेत विमोचन गर्नुभएको थियो ।

५. आजको समुद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी बलका महानिरिक्षक, नेपाली सेनाका रथीवृन्द, अन्य सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरु, अखिल नेपाल भलिबल सङ्घका पदाधिकारीहरु, नेपाली सेनाका अधिकृतहरु, नेपाल इन्भेष्टमेण्ट बैंक र गोल्छा अर्गनाइजेसनका प्रतिनिधिहरु, सञ्चारकर्मीलगायत खेलप्रेमी दर्शकहरुको समेत उल्लेख्य उपस्थिती रहेको थियो ।</div><div style="text-align: justify;"><br></div><div style="text-align: justify;">६.<span class="Apple-tab-span" style="white-space:pre"> </span>यस किसिमको प्रतियोगिताले नागरिक—सैनिक सम्बन्ध सुदृढ एवम् प्रगाढ बनाउन मद्दत पुग्नुको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदको बिकासमा समेत थप टेवा पुग्न जाने विश्वास नेपाली सेनाले लिएको छ ।