प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा निरीक्षण भ्रमण

१. आज मिति २०७३ माघ १७ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले मकवानपुर जिल्लाको सुपारेटारस्थित श्री मध्य पृतना हे.क्वा. तथा त्यस अन्तर्गतका युनिटहरु र बारा जिल्लाको अम्लेखगञ्जस्थित श्री प्रतिविद्रोह तथा जङ्गल वारफेयर शिक्षालयको निरीक्षण भ्रमण गर्नुभएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति महारथी श्री क्षत्रीले उक्त पृतना हे.क्वा., बारा जिल्लाको अम्लेखगञ्जस्थित श्री प्रतिविद्रोह तथा जङ्गल वारफेयर शिक्षालय र सोही जिल्लाको आधावारस्थित श्री तारादल गणको स्थलगत बस्तुस्थिति बिवरण, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नु भएको थियो । निरीक्षण कै क्रममा वहाँले श्री तारादल गणका सकलदर्जालाई सम्बोधन समेत गर्नुभएको थियो । यसअघि, आजै वहाँले श्री मध्य पृतना हे.क्वा. हाता भित्र नवनिर्मित पृतनापति निवासको समुद्घाटन गर्नुभएको थियो ।

३. त्यसैगरी, वहाँ आज पर्सा जिल्लाको बिरगञ्जस्थित श्री बरख गणको वार्षिकोत्सव कार्यक्रममा सरिक हुनु भई सोही गणमा मुकाम रहनु हुने र भोली मिति २०७३ माघ १८ गते सप्तरी जिल्लाको राजविराजस्थित श्री कृष्णदल गण तथा रामेछाप जिल्लाको श्री नन्दाबक्स गणको निरीक्षण भ्रमण सम्पन्न गरी काठमाण्डौ फिर्ता हुनु हुने कार्यक्रम रहेको छ ।