प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा निरीक्षण भ्रमण सम्पन्न

१. मिति २०७३ माघ १७ गते श्री मध्य पृतना हे.क्वा. तथा त्यस अन्तर्गतका युनिटहरुको निरीक्षण भ्रमणमा जानु भएका प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले आज मिति २०७३ माघ १८ गते पर्सा जिल्लाको बिरगञ्जस्थित श्री बरख गण तथा रामेछाप जिल्लास्थित श्री नन्दाबक्स गणको निरीक्षण भ्रमण गर्नुभएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति महारथी श्री क्षत्रीले उक्त गणहरुको स्थलगत बस्तुस्थिति बिवरण, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नु भएको थियो । निरीक्षण कै क्रममा वहाँले श्री बरख गण तथा श्री नन्दाबक्स गणका सकलदर्जालाई सम्बोधन समेत गर्नुभएको थियो ।

३. निरीक्षण भ्रमण सम्पन्न गरी प्रधान सेनापति महारथी श्री क्षत्री आजै काठमाडौं फिर्ता हुनु भएको छ ।