'Enhancing National Security Through Defense and Diplomacy' विषयक सम्मेलन सम्पन्न

१. आज मिति २०७३ माघ २८ गते शिवपुरीस्थित नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा माननीय परराष्ट्र मन्त्री डा. श्री प्रकाश शरण महतको प्रमुख आतीथ्यतामा 'Enhancing National Security Through Defense and Diplomacy' (रक्षा र कुटनीतिको माध्यमबाट राष्ट्रिय सुरक्षा अभिबृद्धि) विषयक एक दिने सम्मेलन सम्पन्न भएको छ ।

२. उक्त सम्मेलनको परराष्ट्र मन्त्री श्री महतले पानसमा दियो बाली समुद्घाटन गर्नु भएको थियो । सम्मेलन कै क्रममा सहभागिहरुलाई सम्बोधन गर्नु हुँदै वहाँले नेपाललाई आर्थिक हिसाबले थप सवल पार्नु पर्ने र यसका लागि सुरक्षाको पनि महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । त्यसैगरी, राष्ट्रिय सुरक्षालाई थप मजबुद बनाउन कुटनीतिक सम्बन्धलाई बुद्धिमता पूर्वक प्रयोग गर्नु पर्ने समेत बताउनु हुँदै वहाँले नेपाली सेनाले विश्व शान्ति स्थापनाको लागि खेलेको भूमिकालाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरबाट प्रशंसा गरिएको समेत बताउनु भएको थियो ।

३. मन्तव्य कै क्रममा रक्षा सचिव श्री श्रीधर सापकोटाले माननीय रक्षामन्त्री श्री बालकृष्ण खांणको मन्तव्यलाई पढेर सुनाउनु हुँदै हालको बर्तमान परिवेशमा राष्ट्रिय सुरक्षालाई थप सवल बनाउनु पर्ने कुरामा जोड दिनु भएको थियो ।

४. उक्त सम्मेलनका सहभागिहरुलाई सम्बोधन गर्नुहुँदै प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले रक्षा र कुटनीतिले राष्ट्रिय सुरक्षा अभिबृद्धिमा खेल्न सक्ने भूमिकाको बारेमा आफ्नो मन्तव्य राख्नु भएको थियो । सो क्रममा वहाँले परम्परागत सुरक्षा चुनौति भन्दा फरक खालका चुनौतिहरु विशेष गरी आन्तरिक सुरक्षा चुनौतिहरु बढ्दै गएको परिपेक्ष्यमा यसले अर्थतन्त्र, जीव र जलवायु तथा सामाजिक सद्भावमा नकारात्मक प्रभाव पार्न सक्ने उल्लेख गर्नुहुँदै हालको सुरक्षा वातावरण परिवर्तनशिल, अनिश्चित, जटिल तथा अस्पस्ट रहेको बताउनु भयो । सोही क्रममा वहाँले यस्ता जटिल चुनौतिहरुलाई सामना गर्न एकिकृत प्रयास आवश्यक रहेको बताउनु हुँदै कुटनीति एउटा अति महत्वपूर्ण माध्यम रहेको समेत बताउनु भएको थियो ।

५. तीन चरणमा सम्पन्न भएको सो कार्यक्रम अन्तर्गत पहिलो चरणमा सहभागिहरुले नेपालको सन्दर्भमा कुटनीतिक अभ्यास तथा चुनौतिको विषयमा छलफल गर्नु भएको थियो भने दोस्रो चरणमा नेपालको सन्दर्भमा सैनिक कुटनीतिको बारेमा छलफल भएको थियो र तेस्रो चरणमा राष्ट्रिय सुरक्षामा रक्षा तथा कुटनीतिक भूमिकाको बारेमा छलफल भएको थियो । सो छलफल कार्यक्रममा सम्बन्धित विषय विज्ञहरु, नेपाली सेनाका अवकाश प्राप्त रथीवृन्द तथा वुद्धिजीवीहरुको समेत सहभागिता रहेको थियो ।

६. यसअघि सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी श्री देवेन्द्र बहादुर मेधासीले स्वागत मन्तव्य राख्नु भएको थियो । सो क्रममा वहाँले उक्त कलेजको बारेमा संक्षिप्त जानकारी समेत दिनु भएको थियो ।

७. उक्त सम्मेलनमा परराष्ट्र सचिव शंकर दास बैरागी, नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द, विभिन्न विषयका विज्ञहरु, बुद्धिजीवीहरु, सञ्चारकर्मीहरु, एवं सैनिक कमाण्ड तथा स्टाफ कलेजमा तालिमरत शिक्षार्थी अधिकृतहरु लगायत अन्य सैनिक अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।