‘प्रधान सेनापति खुल्ला म्याराथन प्रतियोगिता २०७३’ सम्पन्न

१. आज मिति २०७३ माघ २९ गते महाशिवरात्री तथा सेना दिवस २०७३ को अवसरमा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यमा "UNITED WE STAND, COME STAND WITH US" भन्ने नारासहित RUN FOR FUN को रुपमा ‘प्रधान सेनापति खुल्ला म्याराथन दौड प्रतियोगिता २०७३’ सम्पन्न भएको छ ।

२. उक्त प्रतियोगितामा ४२.१९५ किलोमिटर म्याराथन, २१ किलोमिटर हाफ म्याराथन (महिला/पुरुष), विदेशी सैनिक सहचारी एवं कूटनीतिज्ञहरु सहितको नेपाली सेनाका अधिकृतहरुको १० कि.मि. दौड (महिला/पुरुष), विभिन्न विद्यालयका छात्र/छात्राहरुको ५ किलोमिटर दौड तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विदेशी कुटनीतिक पदाधिकारी र निजामति उच्च पदाधिकारीहरु सम्मिलित ५ किलोमिटर वाकाथन समावेश गरिएको थियो ।

३. सो प्रतियोगिताको छात्र तर्फको ५ कि.मि.दौडमा श्री सैनिक आवासीय महाविद्यालय, सल्लाघारीका सुरेश थापा मगर प्रथम, सोही महाविद्यालयका सागर श्रेष्ठ द्वितिय र श्री सम्झना एकेडेमीका कृष्ण आले मगरले तृतिय स्थान हासिल गर्नुभएको थियो । त्यसैगरी, छात्रा तर्फ श्री विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयका संगिता खड्का प्रथम, श्री सैनिक आवासीय महाविद्यालय सल्लाघारीका काजल विष्ट द्वितिय र श्री विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयका सुजाता दर्लामीले तृतिय स्थान हासिल गर्नुभएको थियो ।

४.सोही अवसरमा, पुरुष तर्फको १० कि.मि. दौडमा नेपाली सेनाका उप सेनानी रोहण श्रेष्ठ प्रथम, सह सेनानी सुवास लामा द्वितिय र उप सेनानी सुमन पाण्डे तृतिय हुनु भएको थियो । त्यसैगरी, महिला तर्फ उप सेनानी श्रुती कुँवर प्रथम, उप सेनानी रेखा अधिकारी द्वितिय र उप सेनानी लक्ष्मी लामा तृतिय हुनु भएको थियो । सोही विधाको पुरुष तर्फ १० कि.मि. विदेशी सैनिक सहचारी एवं कूटनीतिज्ञसहितको दौडमा मित्रराष्ट्र अमेरिकाका Mr.Justin Geesing प्रथम, Mr.Mike Reed द्वितिय र .Col. Gregory D. Pipes तृतिय स्थान हासिल गर्न सफल हुनुभएको थियो भने महिला तर्फ मित्रराष्ट्र अमेरिकाका Ms.Lindsay Pipes ले प्रथम स्थान हासिल गर्न सफल हुनु भएको थियो ।

५. पुरुष तर्फको २१ कि.मि.दौड मा नेपाली सेनाका अमल्दार कल्याण बाँनिया प्रथम, सिपाही रामजी बस्नेत द्वितिय र गुल्म कार्य हुद्धा राजकुमार बिष्टले तृतिय स्थान हासिल गर्न सफल हुनु भएको थियो । त्यसैगरी, सोही विधाको महिला तर्फ नेपाली सेनाका प्यूठ विश्वरुपा बुढा प्रथम, सिपाही सानुमाया कार्की द्वितिय र सशस्त्र प्रहरी बलका पुष्पा भण्डारीले तृतिय स्थान हासिल गर्नु भएको थियो । उक्त २१ कि.मि.दौडमा प्रथम, द्वितिय तथा तृतिय स्थानहासिल गर्नु हुने धावकहरुले क्रमशः रु.२५ हजार, रु.१५ हजार र रु.१० हजार नगद पुरस्कार तथा मेडल र प्रमाण पत्र प्राप्त गर्नुभएको थियो । पुरुष तर्फको नगद पुरस्कार श्री सनराई बैंक तथा महिला तर्फको नगद पुरस्कार श्री नेपाल बैंक लिमिटेडले प्रायोजन गरेको थियो । साथै सो प्रतियोगितामा प्रथम हुनुहुने नेपाली सेनाका प्यूठ विश्वरुपा बुढालाई यामाहा कम्पनीका श्री सुनिल अग्रवालले स्कुटरको साँचो प्रदान गर्नुभएको थियो ।

६. त्यसैगरी, म्याराथन प्रतियोगितामा नेपाल प्रहरीका भूमिराज राईले २ घण्टा २४ मिनेट १३ सेकेण्डमा दौड पूरा गर्नु भई प्रथम स्थान हासिल गर्नु भएको थियो भने नेपाली सेनाका अमल्दार कृष्ण बस्नेतले २ घण्टा २४ मिनेट १५ सेकेण्डमा दौड पूरा गर्नु भई द्वितिय र अमल्दार राजन खत्रीले २ घण्टा २५ मिनेट ५० सेकेण्डमा दौड पूरा गर्नु भई तृतिय हुनु भएको थियो । उक्त म्याराथनमा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले प्रथम हुनुहुने नेपाल प्रहरीका भूमिराज राईलाई रु.एक लाखको चेकबोर्ड, मेडल, प्रमाण पत्र र ट्रफी प्रदान गर्नु भएको थियो भने द्वितिय, तृतिय, चौथो, पाँचौ र छैठौ स्थान हासिल गर्न सफल हुनु भएका धावकहरुलाई समेत प्रधान सेनापति श्री क्षत्रीले क्रमशः रु.५० हजार, रु.२५ हजार, रु.१५ हजार, रु.७ हजार, रु.५ हजार तथा मेडल र प्रमाण पत्रसमेत प्रदान गर्नुभएको थियो । म्याराथन तर्फको नगद पुरस्कार श्री सिद्धार्थ बैंक लिमिटेडले प्रायोजन गरेको थियो । साथै सो प्रतियोगितामा प्रथम हुनुहुने नेपाल प्रहरीका भुमिराज राईलाई यामाहा कम्पनीका श्री सुजनराज श्रेष्ठले मोटर साईकलको साँचो प्रदान गर्नुभएको थियो ।

७. कार्यक्रमकै क्रममा प्रमुख अतिथि प्रधान सेनापति श्री क्षत्रीले एथलेटिक्सका ८ जना पूर्व खेलाडीहरुलाई दोसल्ला, सम्मान पत्र र नगद पुरस्कारबाट सम्मान गर्नुभएको थियो ।

८. सो कार्यक्रममा नेपाल सरकारका सचिवहरु, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव, नेपाली सेनाका रथीवृन्द, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीबलका उच्च पदस्थ पदाधिकारीहरु, सञ्चारकर्मीहरु, नेपाली सेनाका अधिकृतलगायत विभिन्न विद्यालयहरुका विद्यार्थीहरुको समेत उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।