प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा निरीक्षण भ्रमण

१. आज मिति २०७३ फागुन ०२ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले कास्की जिल्लाको विजयपुरस्थित श्री पश्चिम पृतना हे.क्वा. तथा सो पृतना हे.क्वा. अन्तर्गत फुलबारीस्थित श्री सिद्धिबक्स गणको निरीक्षण भ्रमण गर्नुभएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति श्री क्षत्रीले श्री सिद्धिबक्स गणको नव निर्मित क्वाटरगार्ड भवनको उद्घाटन गर्नु भएको थियो । उक्त गणको निरीक्षण भ्रमण पश्चात वहाँ आजै श्री पश्चिम पृतना हे.क्वा.को वार्षिकोत्सवमा सरिक हुन भई सोही पृतना हे.क्वा.मा मुकाम रहनु हुने कार्यक्रम रहेको छ ।

३. यसअधि, वहाँ पश्चिमाञ्चल विकास मञ्चको तर्फबाट पश्चिम पृतना हे.क्वा.का पूर्व पृतनापतिहरुलाई सम्मान गर्ने कार्यक्रममा सरिक हुनुको साथै नेपाल लन टेनिस सङ्घ, पोखराद्वारा आयोजना गरिएको कार्यक्रममा समेत सहभागि हुन भएको थियो । सो कार्यक्रममा प्रधान सेनापति श्री क्षत्रीलाई नेपाल लन टेनिस सङ्घ, पोखराले सम्मान समेत गरेको थियो ।

४. निरीक्षण भ्रमण सम्पन्न गरी प्रधान सेनापति श्री क्षत्री भोली मिति २०७३ फागुन ०३ गते काठमाण्डौ फिर्ता हुनुहुने कार्यक्रम रहेको छ ।