प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री र Maj Gen Zhao Jinsong बीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७३ फागुन ०८ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग मित्रराष्ट्र चीनको पिपुल्स लिबरेसन आर्मी, वेष्र्टन कमाण्डका डेपुटी चिफ अफ स्टाफ Maj Gen Zhao Jinsong ले जङ्गी अड्डामा शिष्टाचार भेटघाट गर्नुभएको छ ।

२. उक्त भेटघाटका क्रममा प्रधान सेनापति तथा नेपाली सेनाका अन्य रथीबृन्दहरु र डेपुटी चिफ अफ स्टाफ Maj Gen Zhao Jinsong बीच द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको थियो ।

३. Maj General Zhao Jinsong को नेतृत्वमा १५ सदस्यीय भ्रमण टोली क्षेत्रिय भ्रमणको सिलसिलामा आजै नेपाल आई पुगेको हो । उक्त भ्रमण टोली नेपालको भ्रमण सम्पन्न गरी मिति २०७३ फागुन १० गते मित्रराष्ट्र भारत तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

४. छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देश बीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं बृहत्तर पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।