सि.सं.२३ कमाण्ड तथा स्टाफ तालिमको दीक्षान्त समारोह सम्पन्न

१. नेपाली सेनाको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भएको सि.सं.२३ कमाण्ड तथा स्टाफ तालिमको आज मिति २०७३ फागुन ०९ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यतामा एक विशेष समारोहका बीच दीक्षान्त समारोह सम्पन्न भएको छ ।

२. उक्त तालिममा नेपाली सेनाका सेनानीहरु ४० जना, सह सेनानी २ जना गरी जम्मा ४२ जना, सशस्त्र प्रहरी बलका नायव उपरिक्षकहरु २ जना, नेपाल प्रहरीका नायव उपरिक्षक १ जना, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत १ जना र रक्षा मन्त्रालयका शाखा अधिकृत १ जनाको सहभागीता रहेको थियो । त्यसैगरी, मित्रराष्ट्र भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, मलेशिया र अमेरिकाबाट १÷१ जना बिदेशी शिक्षार्थीहरु सहित कुल ५४ जना शिक्षार्थी अधिकृतहरुले सो तालिम सफलतापूर्वक सम्पन्न गरी आज दिक्षित हुनु भएको छ ।

३. उक्त तालिमको Masters in Strategic Studies (MSS) Programme तथा समग्र तालिममा नेपाली सेनाका सेनानी कञ्चन कृष्ण बस्नेत प्रथम हुनु भएको छ । MSS को अध्ययनमा आवश्यक पर्ने सोधपत्र (Thesis Work) अर्थात् Commandant's Paper तर्फ भारतीय सेनाका सेनानी अभिषेक कुमार शर्मा प्रथम हुनु भएको छ ।

४.उक्त दीक्षान्त समारोहमा प्रधान सेनापति महारथी श्री क्षत्रीले कमाण्ड तथा स्टाफ तालिममा सर्वप्रथम हुनुहुने नेपाली सेनाका सेनानी कञ्चन कृष्ण बस्नेतलाई ‘उत्कृष्ट शिक्षार्थी पुरस्कार’ (Best Student Award) प्रदान गर्नुको साथै दिक्षित हुनु भएका सबै शिक्षार्थी अधिकृतहरुलाई 'psc' (Passed Staff College) प्रमाण-पत्र वितरण गर्नुभएको थियो । सोही अवसरमा वँहाले उक्त कलेजको वार्षिक मुखपत्र ‘दि शिवपुरी’ जर्नलको विमोचनसमेत गर्नुभएको थियो । त्यसैगरी, त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा.तिर्थराज खनियाले MSS Programme तर्फ सर्वप्रथम हुनुहुने शिक्षार्थी सहित उत्तीर्ण सबै स्वदेशी तथा विदेशी शिक्षार्थी अधिकृतहरुलाई प्रमाण पत्र वितरण गर्नुभएको थियो । त्यस्तै, उक्त कलेजका शिक्षाधिकृत उपरथी श्री देवेन्द्र बहादुर मेधासीले सोध पत्रमा प्रथम स्थान हासिल गर्ने शिक्षार्थीलाई सैनिक कमाण्ड तथा स्टाफ कलेजको प्रतिक तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।

५. उक्त दीक्षान्त समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधान सेनापति महारथी श्री क्षत्रीले दीक्षित शिक्षार्थीहरुलाई बधाई दिनुहुँदै यस तालिममा आर्जन गरेको ज्ञान, सिप र अनुभवले भविष्यमा प्राप्त हुने कुनैपनि जिम्मेवारीलाई सफल एवं सहज ढङ्गले निर्वाह गर्नमा महत्वपूर्ण भूमिका खेल्नेमा पूर्ण विश्वस्त रहेको बताउनु भएको छ । सोही क्रममा वहाँले परम्परागत सुरक्षा चुनौतिको अलावा अन्य विविध खालका चुनौतिहरु बढ्दै गएको हुँदा आउनसक्ने त्यस्ता चुनौतिहरुलाई सामना गर्न आधुनिक प्रविधिको प्रयोगलाई अवसरको रुपमा लिन सकिने बताउनु भयो । वर्तमान सुरक्षा चुनौतिलाई निश्तेज पार्न हाम्रो सोच एवं कार्य प्रकृतिलाई समय सापेक्ष बदल्दै सुरक्षा फौज थप योग्य, क्षमतावान, गतिशिल एवं क्रियाशिल हुनु जरुरी रहेको बताउनु भएको थियो ।

६. त्यसैगरी, वहाँले विभिन्न राष्ट्रका सैनिकहरु समेत सम्मिलित यस तालिमले नेपाली सेना र अन्य विदेशी सैनिकबीच सैद्धान्तिक, व्यवहारिक, सांस्कृतिक एवं विशेष अनुभवहरुको आदान प्रदान हुनगई पारस्परिक सम्बन्ध सुदृढ पार्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै, वहाँले तालिम सञ्चालन गर्न सहयोग पु¥याउने सैनिक अधिकृत, गैह्र सैनिक र प्राज्ञिक व्यक्तित्वलगायत त्रिभुवन विश्व विद्यालयले पु¥याएको सहयोग प्रति धन्यवाद ज्ञापन समेत गर्नुभएको थियो । यसअघि, कार्यक्रमको शुभारम्भमा उक्त कलेजका शिक्षाधिकृतले स्वागत मन्तव्य दिनु भएको थियो ।

७. उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति, पाकिस्तानका महामहिम राजदूत, रक्षा सचिव, विदेशी सैनिक सहचारीहरु, बरिष्ठ प्राध्यापकहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका पदाधिकारीहरु, विभिन्न विषयका प्राज्ञहरु लगायत नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द, स्टाफ कलेजका पूर्व शिक्षाधिकृतहरु, नेपाली सेनाका सेनानी समूहलगायत शिक्षार्थी अधिकृतहरुको परिवारजनको समेत उपस्थिती रहेको थियो ।