प्रधान सेनापति र नेपालको लागि जाम्बियन गैह्र आवासीय सैनिक सल्लाहकार Brig Gen Stephen SIMUSANDU बीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७३ फागुन १० गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग मित्रराष्ट्र भारतको नयाँ दिल्लीस्थित जाम्बियन राजदूतावासमा कार्यरत नेपालको लागि गैह्र आवासीय सैनिक सल्लाहकार Brig Gen Stephen SIMUSANDU ले जङ्गी अड्डामा शिष्टाचार भेटघाट गर्नुभएको छ ।

२. उक्त भेटघाटका क्रममा प्रधान सेनापति र नेपालको लागि गैह्र आवासीय सैनिक सल्लाहकार Brig Gen Stephen SIMUSANDU बीच द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धको विषयमा छलफल भएको थियो ।