प्रधान सेनापति र नेपालको लागि मित्रराष्ट्र मेक्सिकोका गैह्र आवासीय सैनिक सहचारीबीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७३ फागुन १२ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग मित्रराष्ट्र भारतको नयाँ दिल्लीस्थित मेक्सिकन राजदूतावासमा कार्यरत नेपालको लागि गैह्र आवासीय सैनिक सहचारी Brig Gen Antonio Ramirez Escobedo ले जङ्गी अड्डामा शिष्टाचार भेटघाट गर्नुभएको छ ।

२. उक्त भेटघाटका क्रममा प्रधान सेनापति र Brig Gen Antonio Ramirez Escobedo बीच द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धको विषयमा छलफल भएको थियो ।