मानार्थ उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान

१. प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले मानार्थ उपरथी दर्जामा पदोन्नती हुनु भएका नेपाली सेनाका सूचना अधिकारी एवं प्रवक्ता सहायक रथी श्री तारा बहादुर कार्कीलाई आज मिति २०७३  फागुन १६ गते जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच मानार्थ उपरथी दर्जाकोे दज्र्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

२. सैनिक सेवा नियमावली २०६९ मा व्यवस्था भए अनुसार नेपाली सेनाका साधारण तर्पmका सहायक रथी तारा बहादुर कार्कीको कार्यदक्षता एवं वहाँले संस्थाप्रति पु¥याउनु भएको विशेष योगदानको आधारमा सिफारिस भए अनुसार नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णय बमोजिम वहाँलाई मानार्थ उपरथी दर्जाकोे दज्र्यानी चिन्ह प्रदान गरिएको हो ।

३. साथै सोही समारोहमा महा सेनानी (पाईलट) कुमार रायमाझीलाई प्रधान सेनापति श्री क्षत्रीले सहायक रथी (पाईलट) दर्जाको दज्र्यानी चिन्ह समेत प्रदान गर्नु भएको छ ।