मित्रराष्ट्र जनवादी गणतन्त्र चिनियाँ सेनाका General को आगमन

१. मित्रराष्ट्र जनवादी गणतन्त्र चिनियाँ सेनाका General Chen Bingde, Member of the Central Military Commission, the People's Republic of China and the Chief of General Staff, People's Liberation Army नेपालको तीनदिने औपचारिक भ्रमणको सिलसिलामा आज मिति २०६७ चैत्र ०९ गते अपरान्ह विशेष विमानद्वारा काठमाडौं आउनु भयो । २. प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गको औपचारिक निमन्त्रणामा उहाँसहित १५ सदस्यीय भ्रमण टोली नेपाल आएको हो । General Chen Bingde लाई बलाध्यक्ष रथी श्री तोरण जंग बहादुर सिंहले त्रिभूवन अन्तर्राष्ट्रिय बिमानस्थलमा स्वागत गर्नु भएको थियो । उहाँको सम्मानमा सेनाको एक टुकडीले सम्मान गारत प्रदान गरेको थियो । ३. कार्यक्रम अनुरुप आजै उहाँ टुँडिखेल गई सैनिक मञ्चस्थित æवीर स्मारक” मा माल्यार्पण (Wreath Laying) गर्नु भयो । त्यसपश्चात General Chen Bingde ले प्रधानसेनापतिसंग जंगी अड्डास्थित उहाँकै कार्यकक्षमा शिष्टाचार भेटघाट गर्नु भयो । भेटघाटको क्रममा आपसी हित लगायत विविध समसामयिक विषयहरुको बारेमा छलफल भएको थियो । सो अवसरमा नेपाली सेनाको तर्फबाट नेपाली सेनाले निर्वाह गर्दै आएको भुमिकाबारे बृफिङ समेत भएको थियो । ४. सोही क्रममा चिनियाँ सरकारको तर्फबाट नेपाली सेनाको लागि १०० Million RMB Yuan बरावरको वीरेन्द्र अस्पतालको लागि आवश्यकीय मेडिकल उपकरणहरु र दैवि प्रकोप उद्धार कार्यमा प्रयोग हुने उद्धार सामग्रीहरु उपलब्ध गराउने सम्झौतामा र विगत बर्षहरुमा सम्पन्न सम्झौता अनुरुप ३० Million RMB Yuan बराबरको निर्माण कार्यमा प्रयोग हुने ईन्जिनियरिङ्ग उपकरणलगायतका सहयोगहरु प्रदान गर्ने सम्झौता पत्रमा चिनियाँ सरकार रक्षा मन्त्रालय तथा चिनियाँ जनमुक्ति सेनाको तर्फवाट General Chen Bingde र नेपाल सरकार रक्षा मन्त्रालयको तर्फवाट प्रधान सेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गवाट हस्ताक्षर कार्यक्रम सम्पन्न भएको थियो ।