प्रधान सेनापति र मित्रराष्ट्र बंगलादेशको Lt Gen Chowdhury Hasan Sarwardy बिच भेटवार्ता

१. आज मिति २०७३ फागुन २० गते नेपाल भ्रमणमा रहेको मित्रराष्ट्र बंगलादेशको National Defence College (NDC)  का Commandant Lt Gen Chowdhury Hasan Sarwardy, BB, SBP, BSP, ndc, psc, ले जंगी अड्डामा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

२. उक्त भेटघाटका क्रममा प्रधान सेनापति र Lt Gen Chowdhury Hasan Sarwardy बिच द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धको विषयमा छलफल भएको थियो ।

३. छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीसँगको यस किसिमको भेटवार्ताले दुई देश बीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं बृहत्तर पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।</div><div><br>