EX-SURYA KIRAN-XI शुभारम्भ

१. नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास "Indo-Nepal Joint Group Training EX-SURYA KIRAN-XI" आज मिति २०७३ फागुन २४ गतेबाट मित्रराष्ट्र भारतको पिथौरागढमा शुभारम्भ भएको छ ।

२. विपद् व्यवस्थापन, प्रतिविद्रोह तथा जंगल वारफेयर जस्ता विषयहरु समावेश गरि संचालन हुने उक्त अभ्यासको यो ११ औं संस्करण हो । नेपाली सेनाबाट प्रमुख सेनानी श्री सुधिर के.सी.को नेतृत्वमा ३१४ जना र भारतीय सेनाबाट ३५० गरी जम्मा ६६४ जनाको नफ्रि समावेश भई संचालन हुन लागेको संयुक्त अभ्यास आगामी २०७३ चैत्र ०७ गते सम्पन्न हुने कार्यक्रम रहेको छ । यसअघि नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सुर्य किरणको दशौं संस्करण नेपाली सेनाको एकिकृत सैनिक तालिम केन्द्र, सालझण्डीमा सम्पन्न भएको थियो । वि.सं. २०६७ सालबाट नेपाल र भारतमा वार्षिक रुपमा आलोपालो गरि सञ्चालन भई आएको यस संयुक्त अभ्यासमा हालसम्म दुवै देशहरुमा यसअघि १० वटा संयुक्त अभ्यास सफलता पुर्वक सञ्चालन भई सकेका छन् ।

३. यस संयुक्त अभ्यासमा फौजहरुले प्रतिव्रिदोह तथा जंगलमा गर्नुपर्ने युद्धकला सम्बन्धि प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा प्रयोग गर्ने अभ्यास गर्नेछन् । यस अभ्यासले नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान सैनिक संगठनको तल्लो निकायसम्म पु¥याउन सहयोग पुग्ने छ । नेपाली सेना र भारतीय सेना वीचको यस किसिमको सैनिक अभ्यासले दुई देश वीच सदियौं देखि रहेको मैत्रिपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने तथा दुवै देशको सेनाको सकलदर्जा बीच समझदारीको अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।