प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा निरीक्षण भ्रमण

१. आज मिति २०७३ फागुन २९ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले सर्लाही जिल्लास्थित श्री रणशेर गण, सप्तरी जिल्लास्थित श्री नं.१ वन तथा पर्यावरण गणको अमाह पोष्ट र  धनुषा जिल्लास्थित श्री गोरखनाथ गणको निरीक्षण भ्रमण गर्नुभएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति महारथी श्री क्षत्रीले उक्त गण तथा पोष्टको स्थलगत बस्तुस्थिति बिवरण, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुभएको थियो । सोही अवसरमा प्रधान सेनापति महारथी श्री क्षत्रीले सर्लाही जिल्लास्थित श्री रणशेर गणको हाताभित्र नवनिर्मित परिवार आवास गृहको समुद्घाटन गर्नुभएको थियो । त्यसैगरी वँहा सप्तरी जिल्लाको अमाहमा भएको वृक्षारोपण कार्यक्रममा समेत सहभागि हुनु भएको थियो ।

३. वहाँ आजै धनुषा जिल्लास्थित श्री गोरखनाथ गणको वार्षिकोत्सव कार्यक्रममा सरिक हुनु भई सोही गणमा मुकाम रहनु हुने र भोली मिति २०७३ फागुन ३० गते काठमाण्डौ फिर्ता हुनु हुने कार्यक्रम रहेको छ ।