नेपाली सेनाका प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री र मित्रराष्ट्र श्रीलङ्काका सेना प्रमुख Lieutenant General A W J C De Silva बीच शिष्टाचार भेटवार्ता

१. नेपाली सेनाका प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री र औपचारिक भ्रमणको सिलसिलामा नेपाल आउनु भएका मित्रराष्ट्र श्रीलङ्काका सेना प्रमुख Lieutenant General A W J C De Silva RWP VSV USP ndu psc बीच आज मिति २०७३ चैत ०२ गते जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । उक्त भेटघाटका क्रममा प्रधान सेनापति र मित्रराष्ट्र श्रीलङ्काका सेना प्रमुख बीच द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धको विषयमा छलफल भएको थियो ।

२. यसअघि, Lieutenant General Silva ले आजै टुडिखेल स्थित सैनिक मञ्चमा रहेको वीर स्मारिकामा माल्र्यापण गर्नु भएको थियो भने जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकुडीले वहाँको सम्मानमा सम्मान गारत समेत अर्पण गरको थियो ।&nbsp;</div><div style="text-align: justify;">३.<span class="Apple-tab-span" style="white-space: pre;"> </span>भ्रमणको क्रममा वहाँले आजै सम्माननीय प्रधानमन्त्री श्री पुष्प कमल दाहाल र माननीय रक्षामन्त्री श्री बालकृष्ण खाणसँग छुट्टा–छुट्टै भेट्नु भएको छ ।

४. छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवम् बृहत्तर पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।