मित्रराष्ट्र श्रीलङ्काका सेना प्रमुख Lieutenant General A W J C De Silva RWP VSV USP ndu psc भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

१. नेपाली सेनाका प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा नेपाल आउनु भएका मित्रराष्ट्र श्रीलङ्काका सेना प्रमुख Lieutenant General A W J C De Silva RWP VSV USP ndu psc छ दिने औपचारिक भ्रमण सम्पन्न गरी आज मिति २०७३ चैत्र ०६ गते स्वदेश फिर्ता हुनु भएको छ ।

२. Lieutenant General Silva लाई उपरथी श्री विनोद कुमार श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गर्नु भएको थियो ।

३. भ्रमणको क्रममा वहाँले सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी, सम्माननीय प्रधानमन्त्री श्री पुष्प कमल दाहाल, माननीय रक्षामन्त्री श्री बालकृष्ण खाण, प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री लगायत उच्चपदस्थ सैनिक व्यक्तिहरुसँग समेत भेटवार्ता गर्नु भएको थियो । वहाँले नेपाली सेनाको पोखरास्थित पश्चिम पृतना हे.क्वा. तथा विभिन्न शिक्षण संस्थाहरुको निरीक्षण भ्रमण गर्नुको साथै नेपालका केही महत्वपूर्ण पर्यटकीय स्थलहरुको समेत भ्रमण गर्नु भएको थियो ।

४. छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवम् बृहत्तर पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।