अभ्यास ‘शान्ति प्रयास-III’ शुभारम्भ

१. आज मिति मिति २०७३ चैत्र ०७ गते नेपाली सेना र अमेरिकी सेनाको Pacific Command (USPACOM) को सह-आयोजनामा काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालस्थित नेपाली सेनाको श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सञ्चालन हुने अभ्यास ‘शान्ति प्रयास-III’ एक विशेष कार्यक्रमका बीच सम्माननीय प्रधानमन्त्री श्री पुष्प कमल दाहालले शान्तिको दिप प्रज्वलन गर्नु भई शुभारम्भ गर्नु भएको थियो ।

२. उक्त समारोहमा सम्माननीय प्रधानमन्त्री श्री दाहाल, प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री, United States Pacific Command (USPACOM) का कमाण्डर Admiral Harry B. Harris JR., USN र नेपालका लागि अमेरिकी राजदुत Alaina B. Teplitz ले विश्व शान्ति स्थापना कार्यमा खट्टिदा वीरगति प्राप्त गरेको नेपाली सेनाको वीर स्मारिकामा छुट्टा–छुट्टै माल्र्यापन गर्नुको साथै शान्तिको प्रतिक परेवा समेत उडाएका थिए ।

३. उक्त समारोहमा प्रधान सेनापति महारथी श्री क्षत्रीले स्वागत मन्तव्य राख्नु भएको थियो भने सम्माननीय प्रधानमन्त्री श्री दाहाल, United States Pacific Command (USPACOM) का कमाण्डर Admiral Harry B. Harris JR., USN र नेपालका लागि अमेरिकी राजदुत Alaina B. Teplitz ले आ–आफ्नो मन्तव्य राख्नु हुँदै नेपाली सेनाले विश्व शान्ति स्थापनार्थ गरेको कार्यको प्रशंसा गर्नु हुँदै यस किसिमको अभ्यासले विश्व शान्ति स्थापना कार्यमा थप मद्दत पुग्ने विश्वास समेत व्यक्त गर्नु भएका थिए ।

४. कार्यक्रमकै दौरान व्याण्ड डिस्प्ले, खुकुरी ड्रिल, सांस्कृतिक कार्यक्रम लगायत अनआर्म कम्व्याटको समेत प्रस्तुति गरिएको थियो ।

५. उक्त अभ्यासमा नेपाल सहित जम्मा २८ राष्ट्रका करिव १०२४ जना सैनिकहरु सहभागि हुनेछन् । Staff Training Event (STE), Field Training Event (FTE), Critical Enabler and Capability Enhancement (2CE) गरि ३ किसिमको तालिमको साथै Regional Training Seminar सञ्चालन गर्न मिलाईएको छ । Field Training Event (FTE) तालिममा नेपालको दुई से.मु. तथा अन्य ८ वटा राष्ट्रको एक÷एक से.मु.ले भाग लिएका छन् । सो अभ्यासको प्रमुख लक्ष्य शान्ति स्थापना कार्यको लागि मिशन ईलाकामा तैनाथ हुनु पूर्व संयुक्त राष्ट्रसंघको बहुराष्ट्रिय वातावरण (Multi-National Environment) मा एक(आपसमा समन्वय र सहकार्य गरी शान्ति स्थापना कार्य गर्ने क्षमतामा अभिबृद्धि गर्नु रहेको छ ।

६. यस प्रकारको बहुराष्ट्रिय सेना सम्मिलित अभ्यासबाट छिमेकी मित्रराष्ट्रहरु बीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवम् बृहत्तर पार्न मद्दत पुग्नुको साथै विश्व शान्ति स्थापना कार्यमा समेत थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

७. उक्त समारोहमा माननीय उप–प्रधान एवं अर्थमन्त्री श्री कृष्ण बहादुर महरा, माननीय परराष्ट्रमन्त्री श्री प्रकाश शरण महत, रक्षा सचिव, पूर्व प्रधान सेनापति, रथीबृन्द, सरकारी निकायका पदाधिकारी, अन्य सुरक्षा निकायका पदाधिकारीहरु, नेपाली तथा विदेशी सेनाका अधिकृतहरु लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।