EX-SURYA KIRAN-XI सम्पन्न

१. मिति २०७३ फागुन २४ गतेबाट मित्रराष्ट्र भारतको पिथौरागढ स्थित 28 BN THE PUNJAB REGIMENT ब्यारेकमा सञ्चालन भएको नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास "Indo-Nepal Joint Group Training EX-SURYA KIRAN-XI" आज मिति २०७३ चैत्र ७ गते समापन भएको छ ।

२. उक्त अभ्यासको समापनको क्रममा नेपाली सेना र भारतीय सेनाले संयुक्त रुपमा प्रदर्शन गरिएको शेरमोनियल ड्रिलको उत्तराखण्डका GOC LT GEN LALIT PANDEY तथा नेपाली सेनाका सुदुर पश्चिम पृतनापति उपरथी श्री दिपक प्रसाद भारतीले निरिक्षण गर्नु भएको थियो ।

३. विपद् व्यवस्थापन, प्रतिविद्रोह तथा जंगल वारफेयर जस्ता विषयहरु समावेश गरि संचालन भएको उक्त अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी श्री सुधिर के.सी.को नेतृत्वमा ३१४ जना र भारतीय सेनाबाट ३५० गरी जम्मा ६६४ जनाको नफ्रि समावेश भएको थियो ।

४. यस किसिमको संयुक्त अभ्यासले नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान सैनिक संगठनको तल्लो निकायसम्म पु¥याउन सहयोग पुग्ने छ । नेपाली सेना र भारतीय सेना वीच सम्पन्न सैनिक अभ्यासले दुई देश वीच सदियौं देखि कायम रहेको मैत्रिपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउनुका साथै दुवै देशको सेनाको सकलदर्जा बीच समझदारीको अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।