मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका Honorable State Councilor and Minister of National Defense General Chang Wanquan द्वारा उपत्यका पृतना हे.क्वा.को निरीक्षण

१. नेपालका माननीय रक्षामन्त्रीज्यूको औपचारिक निमन्त्रणामा तीन दिने नेपाल भ्रमण आउनु भएका मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका Honorable State Councilor and Minister of National Defense General Chang Wanquan द्वारा आज मिति २०७३ चैत १० गते नारायणहिटीस्थित नेपाली सेनाको श्री उपत्यका पृतना हे.क्वा.को निरीक्षण गर्नु भएको छ ।

२. निरीक्षणको क्रममा चीनीयाँ रक्षामन्त्रीद्वारा विनासकारी भुकम्पको दौरान नेपाली सेनासँग सहकार्य गर्दै सहयोग गरेको कुरा स्मरण गर्नु हुँदै सांस्कृतिक सम्पदा जगेर्नामा नेपाली सेनाले खेलेको भुमिकाको प्रशंसा गर्नू भएको थियो ।

३. यसअघि, पृतनाका पृतनापति उ.र. श्री शरद कुमार गिरीबाट स्वागत मन्तव्य दिनु भएको थियो भने सोही पृतनाका सह चिफ अफ स्टाफद्वारा पृतनाको जिम्मेवारी क्षेत्रको समसामयिक विषयमा जानकारी गराउनु भएको थियो ।

४. उक्त निरीक्षण भ्रमणमा नेपालका लागि चिनिया राजदुत H.E. Mrs. YU Hong, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।