नेपाली सेनाका प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री र मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका Honorable State Councilor and Minister of National Defense General Chang Wanquan बीच शिष्टाचार भेटवार्ता

१. नेपालका माननीय रक्षामन्त्रीज्यूको औपचारिक निमन्त्रणामा हिजो मिति २०७३ चैत्र १० गते तीन दिने नेपाल भ्रमण आउनु भएका मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका Honorable State Councilor and Minister of National Defense General Chang Wanquan बीच आज मिति २०७३ चैत ११ गते जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । उक्त भेटघाटका क्रममा प्रधान सेनापति र मित्रराष्ट्र चीनका रक्षामन्त्री बीच द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धको विषयमा छलफल भएको थियो ।

२. यसअघि, General Chang Wanquan ले आजै टुडिखेल स्थित सैनिक मञ्चमा रहेको वीर स्मारिकामा माल्र्यापण गर्नु भएको थियो भने जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकुडीले वहाँको सम्मानमा सम्मान गारत समेत अर्पण गरको थियो ।

३. छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ व्यक्तिहरुको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवम् बृहत्तर पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।