सैनिक प्रवक्ताको कार्यभार हस्तान्तरण

१. श्री सैनिक जनसम्पर्क निर्देशनालयको निर्देशक तथा नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी आज मिति २०७३ चैत्र ११ गतेबाट सहायक रथी श्री भंmकर बहादुर कडायतले सम्हाल्नु भएको छ । मानार्थ उपरथी श्री तारा बहादुर कार्कीले निर्देशनालयमा आयोजित एक कार्यक्रमका बीच श्री कडायतलाई कार्यभार हस्तान्तरण गर्नु भएको हो ।

२. करिव १८ महिना सैनिक जनसम्पर्क निर्देशक तथा सैनिक प्रवक्ताको जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा सञ्चार जगतका सवै मिडिया हाउस, प्रकाशक, सम्पादक तथा बिशेषगरी डिफेन्स विटसंग सम्बद्ध पत्रकारहरुबाट प्राप्त सद्भाव, शुभेच्छा र सहयोगका लागि मानार्थ उपरथी श्री कार्कीले आभार प्रकट गर्नु भएको छ ।

३. सञ्चार जगतको अहम् भुमिकाको उच्च कदर गर्दै उहाँले सेना र संचार जगत बीचको सम्बन्धमा सदाझंै हार्दिक सहयोग र शुभेच्छा नवनियुक्त सैनिक प्रवक्तालाई प्राप्त हुने नै छ भन्ने विश्वास व्यक्त गर्नु भएको छ ।